विद्यालयको दबावपछि उपमहानगरपालिका पछि हट्यो
धनगढी । धनगढी उपमहानगरपालिका नगर क्षेत्रभित्रका संस्थागत तथा सामुदायिक विद्यालयको दबाबमा विद्यालय विदाको निर्णय फिर्ता लिन बाध्य भएको छ ।
धनगढी उपमहानगरपालिकाले १७ गतेको निर्णयबाट २० गतेदेखि २६ गतेसम्म विद्यालय विदा गर्ने निर्णय गरेको थियो । उपमहानगरपालिकाको निर्णय दुई दिन नपुग्दै उल्टिएको छ ।
धनगढी उपमहानगरपालिका–३ मा रहेको जनता निमाविका प्रधानाध्यापक धनबहादुर सि“ह सहित सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुले मौसम अनुकुल भएको र पठनपाठनको महत्वपूर्ण समय भएकाले विद्यालय विदा नगर्न भन्दै सोमबारनै ज्ञापनपत्र बुझाएको थियो ।
धनगढी उपमहानगरपालिकाले सोमबारदेखि एक साताका लागि विद्यालय विदाको घोषणा गरेपनि धनगढीका केही सामुदायिक तथा संस्थागत विद्यालयहरुले अध्यापन जारी राखेका थिए ।
अत्यधिक गर्मी बढेका कारण एक हप्ताका लागि बन्द गरिएका धनगढी उप–महानगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयहरु सुचारु गर्ने निर्णय मंगलबार गरिएको हो ।
उपमहानगरपालिकाले धनगढीको मौसम अनुकुल भएकाले विद्यालय सुचारु गर्ने निर्णय गरेको बताएपनि विद्यालयको दबाबका कारण निर्णय फिर्ता लिन बा“ध्य भएको स्रोतको दाबी छ ।
मंगलबार धनगढी उप–महानगरपालिकामा सरोकारवालाहरु बिच भएको सल्लाह र सहमतीमा जेठ २२ गते देखि विद्यालय सुचारु गर्ने निर्णय भएको उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायाण प्रसाद सापकोटाले बताए ।
धनगढीको तापक्रम अत्याधिक बढेर बालबालिकालाई विद्यालय पठनपाठनका साथै आवत जावत गर्न समस्या भएकाले विदाको निर्णय उपमहानगरपालिकाले गरेको थियो ।
जेठ १९ गते बेलुकी धनगढीमा फाटफुट बर्षा भएको थियो । वर्षा भएपनि धनगढीको तापक्रम भने खासै बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जेठ १९ मा धनगढीको तापक्रम न्यूनतम ३१ देखि अधिकतम ४० डिग्री सेल्सीयस, २० गते न्यूनतम २५ डिग्रीदेखि अधिकतम ४० डिग्री र मंगलबार न्यूनतम ३१ डिग्रीदेखि अधिकतम ३९ डिग्री रहेको जनाएको छ ।
शिक्षा नियमावली २०५९ (संशोधन सहित नियम ८५ को ३ बमोजिम हिउदे वा बर्षे विदाबाट कट्टा हुने गरि विदा दिन पाउने ब्यबस्था रहेको छ ।
उपमहानगरपालिकाले दुई दिनमै निर्णय उल्ट्याउनुलाई विज्ञहरुले बलापनको निर्णयको संज्ञा दिएका छन् ।