११ श्रावण २०८१, शुक्रबार

घाेडाघाेडीमा माटो परीक्षण गरिदै



सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानिमा निशुल्क माटो परिक्षण शिविर सुरु भएको छ ।


निशुल्क माटो परिक्षण शिविर १९ र २० गते सम्म संचालन हुने बताईएको छ । शिशिर अर्गानिक एग्रो फर्म धनगढीका संचालक लोकेन्द्र जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर २ का वडा अध्यक्ष हरि राज बिष्ट रहेका थिए ।
कार्यक्रममा बिभिन्न कृषक समुहका किसानहरुको सहभागीता रहेको थियो । किसानहरुको खेतबारीको माटो के कस्तो छ र कुन कुन बाली लगाउन सकिन्छ भनेर निशुल्क माटो परिक्षण शिविर संचालन गरिएको बताईएको छ ।
साडेपानिमा वडा नम्बर ३, ६ र ८ वडाका किसानहरुको माटो परिक्षण गरीने शिशिर अर्गानिक एग्रो र्फम धनगढीले जनाएको छ । घोडाघोडी नगरपालिका अन्तरगत कृषि शाखाको आर्थिक सहयोगमा शिशिर अर्गानिक एग्रो फर्म धनगढीले १२ ओटै वडाको माटो परिक्षण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार