१२ श्रावण २०८१, शनिबार

जिल्ला प्रहरीमा डिजिटल नागरिक बडापत्र



धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीमा आईतबारदेखि डिजिटल नागरिक वडापत्र संचालनमा ल्याइएको छ ।
नागरिक वडापत्रको धनगढी उपमहानगरपालिकका प्रमुख नृपबहादुर वडले एक कार्यक्रमबीच उद्घाटन गरे ।


डिजिटल नागरिक वडापत्रमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट सम्पादन हुने काम, काम गराउदा लाग्ने, नलाग्ने शुल्क, गुनासो सुन्ने अधिकार, कार्य सम्पादन गरिसक्नुपर्ने समय सिमा लगायतका सूचनाहरु राखिएका छन् । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत यो डिजिटल नागरिक वडापत्रका लागि सहयोग गरेको हो ।
डिजीटल नागरिक वडापत्रको उद्घाटन गर्दै धनगढी उप–महानगरपालिकाका प्रमुख वडले अहिलेको समय सूचना प्रविधीको भएको बताए । सूचनाको हक नागरिकको मौलिक हक हो नगर प्रमुख वडले भने, हरेक नागरिकले जिल्ला प्रहरी कार्यालयबाट सम्पादन हुने कामका बारेमा डिजिटल नागरिक वडापत्रबाट थाहा पाउने छन् ।
कुनैकुरो बुझ्नका लागि नागरिकले फा“टफा“टमा गएर सोध्नुपर्ने बाध्यताको डिजिटल नागरिक वडापत्रले अन्त्य गर्ने पनि नगरप्रमुख वडले बताए । सबै सार्वजनिक निकायले अनिवार्य रुपमा नागरिक वडापत्र राख्नुपर्ने हुन्छ नगरप्रमुख वडले भने, तर कतिपय कार्यालयमा अहिले पनि नागरिक वडापत्र देखिदैनन् । धनगढी उप–महानगरपालिका सूचना प्रविधीको विकासमा अन्य स्थानीय सरकारभन्दा अगाडी रहेको नगरप्रमुख वडले बताए ।
धनगढी उप–महानगरपालिकाले आफ्नै अप्टीकल फाईवर बिछ्याउदै छ । योजनाको बारेमा जानकारी सर्वसाधारणले जानकारी लिन सकिने आईएमएस एपको प्रयोग गरिएको छ नगरप्रमुख वडले भने, हामीले धेरै कुरा अनलाईन सिस्टममा लगेका छौं ।
जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी आभूषण तिमिल्सेनाले डिजिटल नागरिक वडापत्र नागरिकको सजिलोका लागि भएको बताए । उनले भने, यसले प्रहरी कार्यालयका कामहरुलाइृ खुला र पारदर्शी बनाउने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार