१२ श्रावण २०८१, शनिबार

अर्चनाबाबा जन्मोत्सव विशेष कार्यक्रम



धनगढी । धनगढीमा शुक्रबार सदगुरुदेव अर्चनाबाबाको जन्मोत्सव विभिन्न कार्यक्रमसहित मनाइयो ।

“हत्या, हिंसा त्यागौं, सत्यको मार्ग पहिल्याऔं” भन्ने नारासहित नगर परिक्रमा गरियो । कैलाली र कञ्चनपुरबाट ठूलो संख्यामा आएका भक्तजनहरूको सहभागितामा धनगढी उपमहानगरपालिका वडा नम्बर ८, नवदुर्गा मन्दिरबाट शुरु भएको शोभायात्रा धनगढी बजार, रातोपुल, शिवपुरीधाम पुगेर पुनः शिवनगर, क्याम्पसरोड हुदै नवदुर्गा मन्दिरमा पुगेर समापन भएको थियो ।
कार्यक्रममा अर्चना बाबाधाम, हेटौडाका राजकुमार शम्भोेको पनि उपस्थिति रहेको थियो । अर्चनाबाबा कैलाली शाखाका अध्यक्ष लालमनि रानाले कार्यक्रमका लागि धनगढी उपमहानगरपालिकाले आर्थिक सहयोग गरेकोे बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार