२५ आश्विन २०८१, शुक्रबार

पाँच स्थानीय तहका १८ हजार ५३ जनाले बेरोजगार फारम भरे



एकेन्द्र महता/अछाम । अछामका दश वटा स्थानीय तह मध्ये ५ वटा स्थानीय तहका १८ हजार ५३ जनाले बेरोजगार फारम भरेका छन् ।

पञ्चदेवल बिनायक नगरपालिकामा सबै भन्दा बढी ७ हजार ६ सय ९३ र सबै भन्दा कम बान्नीगढी जयगढ गाउँपालिकामा १ हजार २ सय ८८ जनाले बेरोजगार फारम भरेका छन् । यसैगरी साँफेगर नगरपालिकामा ३ हजार ५ सय ८३, मंगलसेन नगरपालिकामा २ हजार २ सय ८६ र कमलबजार नगरपालिमा ३ हजार २ सय ३ जनाले नाम दर्ता गराएका छन् । साँफेबगर नगरपालिमा रोजगार कार्यक्रमका लागी ५८ लाख बजेट आएको रोजगार संयोजक आशा चौधरीले जानकारी दिइन् । जस्मा ३ हजार २ सय ८८ जना मध्ये २ सय ६२ जनाले रोजगार पाउने छन् ।

३५ दिनसम्मका लागी वृक्षारोपण, सरसफाई र सडक मर्मत जस्ता कार्यक्रम छन् । काम बापतको न्यनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैया पाउने छन् । पञ्चदेवल बिनायक नगरपालिमा ४७ लाख, कमलबजार नगरपालिमा ४३ लाख, मंगलसेन नगपालिमा ५७ लाख, बान्नीगढी जयगढ गाउँपालिमा ३६ लाख बजेट रहेको छ । बेराजगार फारम भर्नेमा अधिकाश महिलाहरु रहेको पञ्चदेवल बिनायक नगरपालिका संयोजक भरत अधिकारी बताउनुभयो । तुर्माखाद, रामारोशन र ढकारी गाउँपालिमा भने रोजगार संयोजक नियुक्त नगरिए पनि वडा कार्यालयले मार्फत डाटा संकलन गरिरहेको गाउँपालिकाले जनाएको छ । यता चौरपाटी र मेल्लेख गाउँपालिमा डाटा संकलन कार्य अन्तिम चरणमा रहेको रोजगार संयोजकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार