११ श्रावण २०८१, शुक्रबार

विमानस्थलको स्तरोन्नती सुस्त



धनगढी । धनगढी विमानस्थलको धावनमार्गको स्तरोन्नतिसंगै पार्किङ क्षेत्र विस्तार कार्य सुस्त गतिमा भइरहेको छ । वैशाख २२ गतेदेखि जेठ २१ गतेसम्म एक महिनाका लागि भन्दै बन्द गरिएको एयरपोर्ट बाँकी ११ दिनपछि पनि सञ्चालन गर्न नसकिने देखिएको छ ।

लुम्बिनी, कोशी एण्ड न्यौपाने खड्का कृष्ण जेभीले निर्माण कम्पनीले कालोपत्रे करिब १८ करोड रुपैया“को ठेक्कामा लिएको स्तरोउन्नतिको काम सुस्त गतिमा भइरह“दा उडान नियमित गर्ने भनिएको जेठ २१ सम्म पनि पूरा नहुने देखिएको छ ।
धनगढी विमानस्थलको अनुगमन गर्ने पुगेका सुदूरपश्चिम प्रदेशका कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले स्तरोन्नतिको काम कछुवा गतिमा भइरहेको बताए । ‘यो तरिकाले काम गर्ने हो भने अबको एक महिना थप्दा पनि स्तरोन्नतिको काम सकिन्न,’ उनले भने, ‘सुदूरपश्चिमको एक मात्र हवाई मार्ग रहेको धनगढी विमानस्थललाई एक एक महिनासम्म रोकेर राख्दा यसले यहा“का नागरिकले दुःख पाइरहेका छन् ।’
अहिलेसम्म स्तरोन्नतिको काम २७ प्रतिशत मात्रै भएको उनले बताए । ‘वैशाख २२ गतेदेखि जेठ १० गतेसम्म जम्मा २७ प्रतिशत मात्रै काम भएको छ,’ उनले भने, ‘यही गतिमा जाने हो भने जेठ २१ गते शत प्रतिशत काम भ्याउनै सकि“दैन ।’ सुस्त गतिमा काम गरेर यहा“को हवाई मार्ग प्रभावित पार्न नहुने उनी बताउ“छन् । ‘यो या त्यो बहानामा काममा सुस्तता हवाई मार्ग प्रभावित पार्न हु“दैन,’ उनले भने,‘निर्माण कम्पनीले भनेकै मितिमा हवाई उडान सञ्चालन गर्न सकिने गरी काम गर्नुपर्छ ।’
सुदूरपश्चिम प्रदेशका प्रदेश सांसद डिल्लीराज पन्तले रात दिन गरेर पनि ठेकेदार कम्पनीले भनेकै समयमा काम सक्नुपर्ने बताए । ‘स्तरोन्नतिको नाममा समय बढाउन पाईदैन,’ उनले भने, ‘यसले गर्दा यहा“का नागरिकले संघीय राजधानी आउजाउ गर्न नेपालगन्ज जानुपर्ने बाध्यता आइलागेको छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार