१२ श्रावण २०८१, शनिबार

सरकारको विकल्प खोज्दै छौंः नेता पौडेल



धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले केपी शर्मा नेतृत्वको सरकारको विकल्प खोजीरहेको बताएका छन् ।


‘सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेको छैन्’ बुधबार धनगढीमा नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले भने –‘यो सरकारले न त समृद्धितर्फ देशलाई डोहोर्याउन सकेको छ न त सुशासननै कायम गर्न सकेको छ ।’ उनले सरकारको कार्यशैलीप्रति जनता असन्तुष्ट भएकोले यो सरकारको विकल्प खोजिरहेको बताए ।
उनले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै पौडेलले ‘सुशासन र शान्ति सुरक्षा कायम गर्नमा सरकार पूर्णरुपमा असफल भएको छ ।’ नेता पौडेलले प्रतिपक्षको कुरा नसुनेर सरकार अघि बढ्दा कमजोर भइरहेको बताए ।
सरकारले मिडियालाई नियन्त्रण गर्ने नीति लिएको भन्दै पौडेलले का“ग्रेसले कुनै पनि हालतमा मिडिया काउन्सिल विधेयक पास गर्न नदिने दाबी गरे । ‘सरकारका असफलताबारे सञ्चारमाध्यममा धमाधम समाचार प्रकाशन हुन लागे’ उनले भने –‘सरकारले आफनो असफलता लुकाउन मिडियामाथि प्रहार गर्न खोज्यो ।’ उनले प्रेस स्वतन्त्रता कायम गराउन सरकार जिम्मेवार हुनुपर्ने बताए ।
पार्टीको समसामयिक विषयमा धारणा राख्दै नेता पौडेलले का“ग्रेस चाडै नै प्रादेशिक संरचनामा जाने प्रतिक्रिया दिए । उनले समयमै नया“ अधिवेशन गरेर पार्टीलाई तन्दुरुस्त बनाउन जरुरी रहेको औ“ल्याए ।
उनले पार्टीले सञ्चालन गरेको जागरण अभियानले पार्टीमा जागरुकता ल्याएको बताए । वरिष्ठ नेता पौडेल पार्टी जागरण अभियानका सिलसिलामा सुदूरपश्चिमका विभिन्न ६ जिल्लाका कार्यक्रममा सहभागी हुने सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार