११ श्रावण २०८१, शुक्रबार

घरमा आगो लाग्दा एकै परिवारका तीन जनाको मृत्यु



बैतडी । बैतडीको पुर्चौंडीमा एकैघरका तीनजनाको जलेर मृत्यु भएको छ ।

पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाई बस्दै आएका अन्दाजी ४५ बर्षीय करे लुहार सहित उनकी ४० बर्षीय श्रीमति ब्रिन्दा लुहार र ८ बर्षीय छोरा मनोज लुहारको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खाना खाई टहरामा सुतेका बेला चुल्होको आगो एक्कासी सल्केर आगलागी हुँदा लुहार परिवार मृत्यु भएको हो । बुधबार राती करीब पौने १० बजेतिर आगो लागेको भएपनि करे लुहारको परिवारलाई भने बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले बताए ।

प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपनि प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलीसकेका थिए । उनीहरुको स्थानीय र प्रहरी मिलेर लाश मात्रै बाहिर निकाल्न सकेका थिए ।

मजदुरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार गएको ७ बर्ष यता बसपार्कमा टहरो बनाइ बस्दै आएका पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुँवरले बताए । घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीको नेतृत्वमा घटनास्थलमा प्रहरी टोली खटिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार