११ श्रावण २०८१, शुक्रबार

निर्मलाकी आमाले राहत बुझिन्



कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तकी आमाले सरकारबाट राहत पाएकी छन् ।


सरकारले निर्मलाको परिवारलाई १८ लाख रुपैया“ राहत दिएको हो । निर्मलाकी आमा दुर्गाले स्थानीय तहबाट तीन, प्रदेश सरकारबाट पा“च र संघीय सरकारबाट १० लाख रुपैया“ राहत बुझेकी हुन् । तर, निर्मलाको परिवारले वास्तविक हत्यारा सार्वजनिक नहु“दासम्म राहत नबुझ्ने अडान लिदै आएका थिए ।
तीनै तहबा सरकारले घोषणा गरेको राहत तीन चरणमा निर्मलाकी आमा दुर्गाले बुझेकी हुन् । उनले संघीय सरकारले दिएको १० लाख रुपैया“ फागुन महिनामा, सुदूरपश्चिम प्रदेश सरकारले दिएको पा“च लाख जेठ पहिलो सातामा र भीमदत्त नगरपालिकाले घोषणा गरेको तीन लाख वैशाख महिनामा बुझेकी छिन् ।
घटना भएको ११ महिनापछि उनले राहत स्वरुप सो रकम बुझेकी छन् । तीनै तहका सरकारबाट प्राप्त भएको रकम निर्मलाकी आमा दुर्गाको खातामा जम्मा गरिएको छ । ‘मैले तीनै सरकारले घोषणा गरेको रकम बुझिसकेकी छु,’ दुर्गाले भनिन्, ‘त्यो रकम बा“की दुई छोरीको भविष्य निर्माणमा खर्च गर्छु । केही पैसा निर्मलाको सम्झनामा खर्च गर्ने सोच छ ।’
निर्मलाको सम्झनामा भीमदत्त नगरपालिका २ को वडा समितिले निर्मला अध्ययनरत सरस्वती माध्यामिक विद्यालयमा वाल उद्यान पार्क निर्माण गरिरहेको छ ।
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश र स्थानीय प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
गत साउन १० मा साथिको घरमा गृहकार्य गएकी भीमदत्त नगरपालिका २ उल्टाखामकी निर्मलाको ११ साउनमा बलात्कारपछि हत्या भएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो । सो घटनामा प्रमाण नष्ट गरेको अभियोगमा प्रहरी अधिकारीहरुलाई समेत कारबाही भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार