१२ श्रावण २०८१, शनिबार

शारदा र पञ्चोदय सेमिफाइनलमा



धनगढी । अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको क्वाटर फाईनलको अन्तिम खेलमा शारदा मावि र पञ्चोदय मावि विजयी भएका छन् ।

कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा भएको सो प्रतियोगिताअन्तरगत बुधबार भएको पहिलो क्वाटरफाईनमा शारदा र दोस्रो खेलमा पञ्चोदय विजयी भएको हो ।
बुधबारको पहिलो खेल शारदा र जेसिस एभरेष्टबिच भएको थियो । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको जेसिसले निर्धारित २० ओभरको खेलमा १७.५ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षतिमा १०२ रनमात्र बनाउन सक्यो ।
ब्याटिङतर्फ जेसिस स्कुलका लागि गौरव खड्काले सर्वाधिक २१ रन बनाउदा अशोक जैशीले १६ रन, आकाश भुलले १२ रन तथा रविन मल्लले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो स्कोर गर्न सकेनन । बलिङतर्फ शारदा उमाविका लागि गौरव कार्की, रविन्द्र रोका तथा विनोद ठगुन्नाले समान २÷२ विकेट लिन सफल भए ।
१०३ रनको समान्य विजयी लक्ष्य पछ्याउ“दै मैदान उत्रेको शारदाले निर्धारित २० ओभरको खेलमा १६.४ ओभर खेल्दै ४ विकेटको क्षति १०६ रन बनाउदै रोमाञ्चक ६ विकेटले जित्दै प्रतियोगिताको सेमिफाइनल पुग्न सफल भएको छ ।
ब्याटिङतर्फ शारदा उमाविका लागि अंकित आउजीले सर्वाधिक ३२ रन बनाउदा जीवन अछामीले १७ रन राजेश बोहराले १४ रन तथा बिमल ओलीले १० रन बनाउन सफल भए । बलिङतर्फ जेसिसका भुपेश बमले सर्वाधिक तीन विकेट लिन सफल भएपनि आफनो टिमलाई जित भने दिलाउन सकेनन् ।
खेलको म्यान अफ दी म्याच शारदाका गौरव कार्की घोषित भएका छन् ।
दोस्रो खेल पञ्चोदय र फारवेष्ट माविबिच भएको थियो । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको पञ्चोदयले निर्धारित २० ओभरको खेलमा १९.५ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति १३८ रन बनाउन सफल भयो ।
ब्याटिङतर्फ पञ्चोदयका लागि सुरज खड्काले सर्वाधिक ३० रन बनाउदा मदन शाहले २५ रन, प्रकाश शाहले १६ रन तथा सुनिल विष्टले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो स्कोर गर्न सकेनन् । बलिङतर्फ फारवेस्ट माविका लागि अनमोल शाहले सर्वाधिक ३ विकेट लिंदा दिवश कुंवर र मनोज खत्रीले समान २÷२ विकेट लिन सफल भए ।
१३९ रनको विजयीलक्ष्य पछ्याउ“दै मैदान उत्रेको फारवेस्टले निर्धारित २० ओभरको खेलमा १२.१ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षतिमा मात्र ६३ रन बनाउन सक्यो । ब्याटिङतर्फ फारवेस्टका लागि विकास विष्ट मनोज खत्रीले समान ११÷११ रन बनाउदा दिवश कुंवरले १० रन बनाएपनि त्यो जितका लागि पर्याप्त भएन ।
बलिङतर्फ पञ्चोदय उमाविका लागि मदन शाहले सर्वाधिक पा“च विकेट लिंदा प्रकाश शाह र सुनिल विष्टले समान २÷२ विकेट लिन सफल भएका हुन् । खेलको म्यान अफ दी म्याच पञ्चोदयका मदन शाह घोषित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार