गाउँपालिका भवनमा बम
शैलेन्द्र रोकाया/बझाङ । बझाङको छबिसपाथीभेरा गाउँपालिका भवनको मुल ढोका बाहिर मंगलबार बम भेटिएको छ । बमलाई मंगलबार नै नेपाली सेनाको टोलीले निस्कृय पारेको छ ।
कार्यालयको ढोकामा कागजले बेरिएको शंकास्पद बस्तु कर्मचारीहरूले देखेका थिए । मुख्य ढोकामा बम राखिएकोले केही समय गाउ“पालिकाको काम प्रभावित भएको थियो । दिउसो नेपाली सेनाको प्राविधीक टोलीले बम निस्कृय गरेपछि कार्यालयको काम सुचारु भएको प्रहरी नायव उपरिक्षक सूर्यबहादुर केसीले बताए । सो बम कसले राखेको हो भन्ने खुल्न सकेको छैन ।