११ श्रावण २०८१, शुक्रबार

ओजुवा तालमा डुंगा सञ्चालनमा



सुखड ।कैलालीको ओजुवा तालमा डुंगा संचालनमा ल्याइएपछि तालमा जलयात्रा गर्नेहरूको संखया बढेको छ ।
ओजुवा तालमा दैनिक सरदर ३५ देखि ४० जनाले डुंगा यात्रा गर्ने गरेको जनाइएको छ ।
स्थानीय लेकसाईड इकोटेल रिसोर्टका अनुसार सार्वजनिक बिदाका दिन अझ बढी पर्यटक आउने गरेका छन् ।
घोडाघोडी तालको क्षेत्रमा रहेको ओजुवा तालमा एक काठको तथा तिन वटा फाइबरको डुंगा संचालनमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार