१२ श्रावण २०८१, शनिबार

शान्तिसुरक्षाको माग गर्दै जनप्रतिनिधि सदरमुकाममा



बझाङ । बझाङको खप्तड छान्ना गाँउपालिका वडा नम्बर ६ पाटादेवलका जनप्रतिनिधी तथा वडा कार्यालयका कर्मचारीहरू शान्ति सुरक्षाको माग गर्दै सदरमुकाम आइपुगेका छन् ।
वडाध्यक्ष तिलक बहादुर खड्का, वडा सचिव दिपक खड्का सहितको टोलीले सोमबार जिल्ल प्रशासन कार्यालयसंग वडामा शान्ति सुरक्षाको प्रबन्ध मिलाउन तथा आफूहरूमाथि गालीगलोच तथा दुव्र्यवहार गर्नेहरूमाथि कानूनी कारबाहीको माग गरे ।
वडा कार्यालय बन्द गरेर सदरमुकाम चैनपु्र आइपुगेका जनप्रतिनिधी तथा कर्मचारीहरूले आफुहरूमाथि भएको अन्यायबारे जिल्ल प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा अधिकारकर्मी र पत्रकारहरुलाई जानकारी गराएका थिए ।
आईतबार गाँउपालिकाको आयोजनामा वडा स्तरीय मावि र निमावि तहबीच पोषण तथा महिनावारी स्वच्छता सम्बन्धि वक्तृत्वकला कार्यक्रममा स्थानीय डबल बहादुर खड्काले शिक्षक तथा जनप्रतिनिधीहरूलाई गाली गालैच र दुब्यवहार गरेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार