१२ श्रावण २०८१, शनिबार

जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो



बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाको नानीगाडमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । नानीगाडमा गत आइतबार जीप दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते दशरथचन्द नगरपालिकाका वडा नम्बर १० बाराकोटका ४५ वर्षीय प्रकाश भट्टको उपचारको क्रममा सोमबार भारतको बरेलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
दशरथचन्द नगरपालिका वडा नम्बर १० बाराकोटबाट नागार्जुनतर्फ गईरहेको ग १ ज ४९२१ नम्बरको जीप आइतवार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका वडा नम्बर ११ नानीगाड भन्ने स्थानमा दुर्घटना भएको थियो ।
दुर्घटनामा बाराकोटका ६० वर्षीय हिराबल्लभ भट्ट, उनका ५३ वर्षीय भाई लालमणी भट्ट र सोही ठाउ“का ५० वर्षीया नारुली भट्टको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा जीप चालक नवीन भट्ट र कञ्चनपुर महेन्द्रनगरका राहुल भट्ट गम्भीर घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार