१२ श्रावण २०८१, शनिबार

पुस्तक विमोचन



धनगढी । शान्ति, न्याय र लोकतन्त्रका लागि समावेसी महिला सञ्जाल (संकल्प) द्वारा प्रकाशित ‘हाम्रा महिला जनप्रतिनिधी, प्रदेश ७’ पुस्तक सोमबार विमोचन गरिएको छ ।
संकल्पद्वारा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले पुस्तक विमोचन गरिन् ।
सो अवसरमा मन्त्री भट्टले अझैं पनि संविधानको व्यवस्था अनुसार सबै तह र संरचनामा महिलाको प्रतिनिधित्व हुननसकेको बताइन् ।
कार्यक्रममा प्रदेश सभा सदस्यहरू पूर्णा जोशी, चुनकुमारी चौधरी, टेकबहादुर रैका, शान्ति नेपाली र दुर्गा विकले मन्तव्यक्त व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष भगवती हमालको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव शोभा बस्नेतले स्वागत गरेकी थिइन् भने प्रदेश सचिव पुनम सिजापतिले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार