१२ श्रावण २०८१, शनिबार

दृष्टिलाई सहयोग



धनगढी । दारी ग्याङ धनगढीले धनगढीमा रहेको दृष्टि फाउन्डेसनलाई सहयोग गरेको छ । ‘जात्रै जात्रा’ को च्यारेटी सो मार्फत संकलन भएको रकमबाट ३४ हजार रुपैया मूल्यको सोमबार सामग्री प्रदान गरिएको छ ।

जात्रै जात्रा चलचित्रको च्यारिटि शोबाट संकलित ७४ हजार रुपैयामध्ये ३४ हजार रुपैया मूल्यका दराज, प्रिन्टर, बुफर लगायतका सामान सहयोग गरिएको दारी ग्याङ धनगढी संयोजक दिनेश बोहराले जानकारी दिए ।
सहयोग प्रदान कार्यक्रममा दृष्टि फाउन्डेसन सञ्चालक कल्पना भट्टले दारी ग्याङले विगतमा पनि धेरै सहयोग गरेको स्मरण गरिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार