१२ श्रावण २०८१, शनिबार

नगरपालिकाको गाडी जलाएको अभियोगमा दुई जना पक्राउ



अछाम । अछामको मंगलसेन नगरपालिकाको गाडी जलाएको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मंगलसेन नगरपालिका १ कुन्तीबण्डालीका १९ बर्षिया दिपेन्द्र जैगढी र १९ बर्षिया एकेन्द्रराज नाथलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) जनक शाहीले जानकारी दिए ।
उनीहरुले गाडी आगजनीमा आफुहरु संलग्न रहेको स्वीकार गरेको शाहीले बताए । घटनामा संलग्न अरुको पनि खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
नगरपालिकाको बा २ झ ३६९४ नम्बरको गाडीमा बैशाख ३१ गते राती आगजनी भएको थियो । नगरपालिका परिसरमै पार्किङग गरेर राखिएको प्रमुख चढ्ने गाडी करिब एक बर्ष अगाडी एक करोड २० लाखमा खरिद गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार