१२ श्रावण २०८१, शनिबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



टीकापुर । कैलालीको जानकी गाउँपालिकामा शनिबार मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।


गाउ“पालिकाको बेलापुरमा से २ प ४२४६ नम्वरको मोटरसाईकलमा सवार बेलापुरकै ३२ वर्षीय रामनारायण चौधरीको मुत्यु भएको छ ।
मोटरसाईकल चालक २३ वर्षीय कृष्ण बम गम्भिर घाईते रहेको प्रहरीले जनाएको छ । घाइते बमको टिकापुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कोहोलपुर मेडिकल कलेज रेफर गरिएको छ । घाइते बमको टाउकोमा चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार