१२ श्रावण २०८१, शनिबार

सरकार अनुदार लोकतन्त्रतर्फ अघि बढ्योः मिश्र



धनगढी । विवेकशिल साझा पार्टीका संयोजक रविन्द्र मिश्रले सरकार अनुदार लोकतन्त्रतर्फ अघि बढेको आरोप लगाएका छन् ।


‘यो सरकारको व्यवहार र ल्याएका काुनन तथा प्रस्ताव गरेका विद्येयकले अनुदार लोकतन्त्रतर्फ अघि बढेको स्पष्ट छ’ शनिबार प्रेस क्लब धनगढीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संयोजक मिश्रले भने –‘सरकारले बहुमतको दम्भका साथ अगाडि बढेको देखिएको छ । यसले न्यायपालिका, प्रेस, कर्मचारीमाथि अंकुश लगाउने प्रयास गरिरहेको छ ।’
उनले वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकेको स्पष्ट पार्दै भने –‘विगतको सरकारले गरिरहेको कामलाई निरन्तरता दिएको देखिन्छ । हामीले यो सरकारलाई अहिलेनै असफल भनिसकेको छौं ।’
उनले अहिलेको सरकारको गतिविधी निरासाजनक भएको बताउ“दै ‘अब अपेक्षा गर्ने ठाउ“ छैन् ।’
संयोजक मिश्रले भने –‘सरकार सञ्चालनका लागि बहुमत हुनु ठुलो कुरा रहेनछ । नेतृत्वकर्ता ईमान्दारिता र क्षमता हुनुपर्दो रहेछ ।’ उनले सरकारको गतिविधीले ईमान्दारिता नभएको स्पष्ट देखिएको बताए । भने –‘राज्यलाई कर छल्ने संस्थाको घर मालिककै घरमा पार्टी गर्ने, सुनका“ण्डमा मुछिएको व्यक्तिकै रकममा विदेश भ्रमणमा गएको लगायतका गतिविधीले सरकारमा इमान्दारिता नरहेको स्पष्ट देखिन्छ ।’
उनले सरकार भ्रष्टाचारी अन्त्य गर्ने भाषण दिने तर, सरकार आफै भ्रष्टाचारको जालोमा फस्दै गएको आरोप लगाए । उनले जनतालाई सचेत गराउनमात्र आफुहरुले भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गरेको बताए । उनले भने –‘हामीले अभियान गरेर भ्रष्टाचार अन्त्य त हु“दैन तर, आम नागरिक सचेत भने हुने छन् ।’
संयोजक मिश्रले सरकारले संसदमा दर्ता मिडिया काउन्सिल विद्येयकले लोकतन्त्रको मर्ममाथि प्रहार गरेको बताएका छन् । ‘सरकारले दर्ता गरेको विद्येयकले मिडियामाथि अंकुश लगाउने प्रयास भएको देखिन्छ । यो फिर्ता हुनुपर्छ’ उनले भने –‘सञ्चारमाध्यममा भइरहेको वेथितिलाई नियमन गर्नु हो तर, नियमनका नाममा नियन्त्रण गर्ने काम भएको छ ।’ उनले सरोकारवाला सबैसंग छलफल गरेरमात्र सञ्चारसम्बन्धी कानुन ल्याउनुपर्ने बताए ।
उनले सरकारले संघियतालाई संस्थागत गर्नमा जोड नदिएको आरोप लगाए । उनले भने –‘संघीयता संस्थागत गर्न नसकिए अन्यौलतातर्फ राज्य जान सक्ने देखिन्छ । त्यसैले सरकार अहिले सचेत हुन जरुरी रहेको छ ।’
विवेकशिला साझा पार्टीले आयोजना गरेको भ्रष्ट्राचार विरुद्धको अभियानमा सहभागि हुन सुदूरपश्चिम पुगेका संयोजक मिश्रले कैलालीको टीकापुर, घोडाघोडी, गौरिगंगा, गोदावरी नगरपालिका, कञ्चनपुरको वेलौरी, भीमदत्त नगरपालिका लगायतका स्थानमा कार्यक्रम गरेको थियो । शनिबारमात्र धनगढी उपमहानगरपालिकामा सो अभियान सञ्चालन गरिएको विवेकशिला साझा पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार