११ श्रावण २०८१, शुक्रबार

जन्म दिनमा असहायलार्इ सहयाेग



धनगढी  । धनगढी उपमहानगरपालिकाका एक युवाले आफनो जन्मदिनको अवसरमा दृष्टि फाउण्डेसनमा सहयोग गरेका छन् ।

नेपाल विद्यार्थी संघका पूर्व कैलाली जिल्ला अध्यक्ष कृष्ण कुँवरले फाउण्डेसनलाई खाद्यान्न तथा फलफूल सहयोग गरेका हुन् । फाउण्डेसनलाई सुदूरपश्चिम प्रदेश नेपाली का“ग्रेस संसदीय दलका नेता रणबहादुर रावलले फाउण्डेसनकी सञ्चालीका कल्पना भट्टलाई ती सामाग्री हष्तान्तरण गरेका थिए ।
सो अवसरमा बोल्दै नेता रावलले फाउण्डेसनले राज्यले गर्नुपर्ने काम गरिरहेको बताए । उनले कु“वरजस्तै अन्य युवाहरुले पनि फाउण्डेसनलाई सक्दो सहयोग गर्नुपर्ने बताए । नेता रावलले भने –‘प्रदेश सरकार अहिले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट तयार गरिरहेको छ । यस्ता संघ÷संस्था सञ्चालनका लागि बजेट विनियोजन गराउन दबाब दिने छु ।’ उनले फाउण्डेसनका लागि सक्दो सहयोगका लागि आफु कटिवद्ध रहेको बताए । उनले संस्थाको उद्देश्य राम्रो भएपनि आर्थिक अभावमा गुज्रिरहेको बताए ।
जन्मदिनको अवसरमा बिगतबाटै सामाजिक कार्य गरिरहेको बताउ“दै कृष्ण कुव“रले यस बर्ष दृष्टी फाउण्डेसनमा सहयोग गर्न पाउ“दा खुशी व्यक्त गरे । सामाजिक प्राणी भएर जन्म लिइसकेपछि सामाजिक उत्तरदायीत्वपनि निर्बाह गर्नुपर्ने उनको भनाई छ ।
संस्थाकी सञ्चालक कल्पना भट्टले मुठी दानबाट संस्था सञ्चालन गरिरहेको बताईन् । उनले सरकारी निकायको सहयोग आवश्यक भएपनि सरकारले ध्यान नदि“दा समस्या भएको बताइन् । उनले बजेट अभावकै कारण ३ महिनादेखीको घरभाडा समेत तिर्न नसकेको उनले बताइन् ।
संस्थाले एक वर्षको अवधीमा १४ महिलाको परिवारसंग पुर्नमिलन गराइसकेको र हाल २२ महिलामा संस्थामा आश्रय लिएर बसीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार