१२ श्रावण २०८१, शनिबार

धनगढी उपमहानगरपालिकाकाे लागि बिपद उत्थानशिल योजना तयार



धनगढी । धनगढी उप–महानगरपालिकाका लागि नगरको जलबायू परिवर्तन बिपद उत्थानशिल योजना तयार गरिएको छ ।

सृर्जनशिल समाजको सृजना धनगढीले मंगलबार धनगढी उप–महानगरपालिकालाई जलबायू परिवर्तन बिपद उत्थानशिल योजना तयार पारेर बुझाएको हाे । तयारी योजनालाई मंलबार नै उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले वडा अध्यक्षहरुलाई हस्तान्तरण गरेको छ । नगरप्रमुख वडले योजना अनुसार काम गर्न वडा अध्यक्षहरुलाई निर्देशन दिएका थिए । निकै मेहनतका साथ योजना तयार गरिएको छ नगरप्रमुख वडले भने, यसलाई मात्रै कार्यान्वयनमा ल्याउन सकेमा बिपदबाट बच्न र बचाउन सकिन्छ ।
पूर्वि तराईमा आ“धीले ठूलो क्षति पु¥याई सकेकोले मनसुनको लक्षण राम्रो छैन नगरप्रमुख वडले भने, त्यसैले पूर्व तयारीमा जोड दिनुहोस । समयमै तयारी अवस्थामा रहे बिपदबाट हुन सक्ने क्षेतिलाई न्यूनिकरण गर्न सकिने उनको भनाई थियो ।
अनुकुलन एक्स परियोजनाका कार्यक्रम संयोजक संयोजक रोहित बिकले बिपदको जोखिम न्यूनिकरणका लागि योजना आवश्यक भएको बताए । उनले जलबायू परिवर्तन बिपद उत्थानशिल योजना तयारी गर्ने अवसर संस्थालाई दिनु भएकोमा आभार प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार