धनगढी वडा नं. १४ काे कार्यालयमा तालाबन्दी
धनगढी । धनगढी उप–महानगरपालिका वडा नम्वर १४ को कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । स्थानीय समाजसेवी मानवहादुर विष्टको नेतृत्वमा बसेको बैठकले वडा कार्यालयको सेवा प्रभावकारी नभएको भन्दे ताला लगाईएको हो ।
स्थानीयले सुचना हक प्रयोग गर्दै वडा कार्यालयबाट सुचना समेत नपाएको, अहिले पनि सामान्य सेवाका लागि समेत उप–महागरपालिका धाउनुपरेको भन्दै तालाबन्दी गरेका हुन् ।
उनीहरुले वडा कार्यालयका कर्मचारी र वडा अध्यक्षलाई पटक–पटक सेवा सुधारका लागि आग्रह गर्दा समेत वेवास्ता गरिएको गुनासो समेत गरेका छन् ।
वडावासीले वडा तहवाट समस्याको समाधान नभएको भन्दै अव धनगढी उप–महानगरपालिकाका मेयर नृप वहादुर ओडसंग मात्रै छलफल गर्ने समेत अडान लिएका छन् । वडा कार्यालयमा तालावन्दी भएपछि सेवाग्राही समस्यामा परेका छन् ।
वडा नम्वर १४ का अध्यक्ष रामवजारी चौधरीले भने कर्मचारी व्यवस्थापन गर्दै सेवा सुधार गरिरहेको बताए ।