१२ श्रावण २०८१, शनिबार

यार्सा संकलन गर्न गएका एक युवकको मृत्यु



बझाङ । यार्सागुम्बा संकलन गर्न गएका सुर्मा गाउपालिकाका १९ वर्षीय सुन्दर बोहराको ज्यान गएको छ । यार्सा टिप्न लेक गएका उनी एक्कासी बिरामी भएपछि उपचारका लागि स्वास्थ्य चौकी ल्याउदै गर्दा सुर्मा गाउपालिकाको जलजल भन्ने ठाउमा उनको मृत्यु भएको सुर्मा गाँउपालिका वडा नम्बर ४ का वडाध्यक्ष पूर्णबहादुर बोहराले बताए ।
कक्षा १२ को परीक्षा दिएर यार्सा संकलन गर्नका लागि सुन्दरका परिवारका सदस्य र गाउलेहरू सुर्मा गाउपालिकाको छरछरे भन्ने लेक गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार