११ श्रावण २०८१, शुक्रबार

डोटीमा बालविवाहमा बृद्धि



बिमल बिष्ट/डोटी । डोटीका विभिन्न स्थानमा बाल विवाहका घटनामा बृद्धि भएको तथ्यांकले देखाएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८, लडागडामा मात्रै पछिल्लो तीन वर्षको अवधिमा एक सय ६३ बालविवाह भएको सामुदायिक विकास केन्द्रको अध्ययनले देखाएको छ ।


सो संस्थाले हालै सार्वजनिक गरेको तथ्यांकमा ०७३ मा ३८ वटा बाल विवाह भएका थिए भने २०७४ सालमा ५६ र २०७५ सालमा ६९ वटा बालविवाह भएको छन् ।
संस्थाका सामुदायिक विकास परियोजना जिल्ला संयोजक एकराज बडुका अनुसार तीन वर्षको अवधिमा एक सय ३३ जना बालिका र २७ जना बालकको विहे भएको थियो । उनका अनुसार बाल विवाह गर्नेहरू प्रायः १४ देखि १९ वर्ष उमेरका छन् ।
बालबिबाह गर्नेमा जनजाति समुदायका पा“च, दलित समुदायका ६० तथा क्षेत्री समुदायमा ९८ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार