११ श्रावण २०८१, शुक्रबार

अन्तरविद्यालय स्तरीय क्रिकेटः स्टोन ब्र्रीज र स्टेपिङस्टोन विजयी



धनगढी । अन्तर विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा स्टोन ब्रीज र स्टेपिङ स्टोन ईग्लिस बोर्डिङ स्कुल विजयी भएका छन् ।

धनगढी स्थित फाप्ला मैदानमा जारी अन्तर विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेलमा स्टोन ब्रीज छ विकेटले विजयी भयो ।
टस जितेर स्टोन ब्रीज स्कुलले नवदुर्गा माविलाई ब्याटिङको निम्तो दियो । नवदुर्गाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३७ रन बनायो । नवदुर्गाका रोहन थापाले ३१, विपिन शाहले २५ तथा कमल शाहले १८ रन बनाए ।
बलिङतर्फ स्टोन ब्रीज स्कुलका गजेन्द्र सिंहले तीन तथा अंकित थापाले दुई विकेट लिए ।
एक सय ३८ रनको विजयी लक्ष्य पछ्याएको स्टोन ब्रीजले १९ दशमलव चार ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो ।
स्टोन ब्रीजका सुरज चौधरीले ५९ रनको अर्धशतकीय पारी खेले भने पारस थापाले २२ रन बनाए ।
खेलको म्यान अफ दी म्याच स्टोन ब्रीजका सुरज चौधरी बने ।
सोमबारको दोस्रो खेलमा स्टेपिङ स्टोन स्कुल पनि छ विकेटले विजयी भयो ।
टस जितेर पहिले ब्याटिङ गरेको सिद्धार्थ शिशु सदनले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा सबै विकेट गुमाएर एक सय एक रन बनायो ।
सिद्धार्थ शिशु सदनका पारस विष्टले अविजित १९ रन तथा सन्तोष धामीले १९, हरिश बिकले १४ तथा अशोक धामीले १२ रन बनाए ।
बलिङतर्फ स्टेपिङ स्टोनका अभिषेक कुंवरले तीन तथा वर्लिन गिरी र मनोज कुंवरले २÷२ विकेट लिए ।
प्रतिउत्तरमा स्टेपिङ स्टोन स्कुलले १६ दशमलव चार ओभरमा चार विकेट क्षतिमा लक्ष्य पुरा ग¥यो । स्टेपिङ स्टोनका अभिषेक पालले ४५ रन तथा बर्लिन गिरीले अविजित २५ रन बनाए ।
खेलको म्यान अफ दी म्याच स्टेपिङ स्टोन स्कुलका अभिषेक कुंवर बने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार