१२ श्रावण २०८१, शनिबार

वडा नम्बर १२ मेयर कप च्याम्पियन



धनगढी । धनगढी उपमहानगरपालिकाको आयोजनामा धनगढीमा भएको मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १२ ले जितेको छ ।


सोमबार वडा नम्बर १८ स्थित पृथ्वी युवा क्लवको खेल मैदानमा भएको फाइनल खेलमा वडा नम्बर १२ ले वडा नम्बर १४ लाई सडन डेथमा पराजित गर्दैै उपाधी उचाल्यो ।
जितसंगै वडा नम्बर १२ ले एक लाख रुपैया“ पुरस्कार प्राप्त ग¥यो भने उपविजेता वडा नम्बर १४ ले ५१ हजार रुपैया पुरस्कार पाएको छ ।
पेनाल्टी सुटआउटमा सडन डेथसम्म पुगेको खेलमा वडा नम्बर १२ नौ–आठ गोलअन्तरले बिजयी भयो । यस अघि निर्धारित समयमा दुवै टिम एकएकको बराबरीमा रहेका थिए ।
खेलको पहिलो हाफको ३५ औं मिनेटमा वडा नम्बर १४ का हेम गोलले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । भने दोश्रो हाफको ४० औं मिनेटमा वडा नम्बर १२ का भिम थापाले गोल गर्दै खेल बराबरी ल्याए ।
प्रतियोगितामा उपहानगरपालिका सबै १९ वटा वडाको सहभागिता रहेको थियो ।
प्रतियोगितामा उत्कृष्ट फरवार्ड वडा नम्बर १४ का बादल पाख्रिन बने भने उत्कृष्ट गोलरक्षक वडा नम्बर १४ कै पारस खत्री, उत्कृष्ट रक्षक वडा नम्बर १२ का सन्दिप गुरुङ र उदियमान खेलडी वडा नम्बर १२ का विवेक सञ्जेल बने । उनिहरूले जनही पा“च हजार पा“च सय रुपैया“ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिता समापनका अबसरमा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले विजयी टिम तथा खेलाडीलाई ट्रफी, तथा पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार