१२ श्रावण २०८१, शनिबार

भ्रष्टाचार विरुद्ध महाअभियान सञ्चालन हुँदै



धनगढी । साझा विवेकशिल पार्टीले सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचार विरुद्धको महाअभियान सञ्चालन गर्ने भएको छ । सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका सुदूरपश्चिम प्रदेश संयोजक गोपाल हमालले जेठको पहिलो सातादेखि महाअभियान सञ्चालन गरिने बताए ।
कैलालीको टीकापुरबाट सुरु हुने अभियान प्रदेशका नौ वटै जिल्लाका २६ स्थानमा विस्तार गरिने उनले बताए । यस क्रममा विभिन्न दस्थानमा कोणसभा आयोजना गरिने छ ।
अभियानमा पार्टीका केन्द्रीय संयोजक रविन्द्र मिश्र, पार्टी प्रवक्ता सूर्यराज आचार्य, संगठन विभाग प्रमुख मुमाराम खनाल लगायतको सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार