१२ श्रावण २०८१, शनिबार

युवा सम्मेलन हुँदै



धनगढी । धनगढीमा युवा सम्मेलन हुने भएको छ । युवा सम्मेलनमा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट दुई सय ४४ जना युवाको सहभागिता रहेको जनाइएको छ ।
सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल युवा परिषदले युवा सम्मेलनमा युवा सशक्तीकरणसम्बन्धी तालिम समेत सञ्चालन गरिने जानकारी दिइयो ।
युवा परिषद्का सुदूरपश्चिम प्रदेश संयोजक बसन्ती सापकोटाले नेपाल भमर्ण बर्ष २०२०, जलवायु परिवर्तन तथा युवा नेतृत्वका बारे प्रशिक्षण दिइने बताइन् ।
सुदूरपश्चिमका अछाम, दार्चुला र कैलालीमा मात्र संगठन बिस्तार गरिएको भएपनि यो भेलाबाट नौ वटै जिल्लामा शाखा विस्तार हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार