१२ श्रावण २०८१, शनिबार

धनगढीमा अपाङ्गता परिचयपत्र वितरण शुरु



धनगढी । धनगढी उपमहानगरपालिकाले अपाङ्गता परिचयपत्र वितरण कार्य शुरु गरेको छ । उपमहानगरपालिका अन्तरगत रहेको अपाङ्गता परिचयपत्र समन्वय समितिको निर्णय अनुसार सोमबारदेखि परिचयपत्र वितरण शुरु गरिएको जनाइएको छ ।


अपाङ्गता परिचयपत्र समन्वय समितिका संयोजक तथा धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले अपाङ्गता परिचयपत्र वितरण कार्य पारदर्शी बनाइएको बताइन् । उनले भनिन्– वास्तविक अपाङ्गता भएका व्यक्तिले मात्रै सजिलैसंग परिचयपत्र पाउन सकुन् भन्ने सुनिश्चित गरिएको छ । उनले अपाङ्गता भएका व्यक्तिसंग घरपरिवार, छरछिमेक तथा समाजले कसरी उचित व्यवहार गर्ने भन्नेबारे तालिम कार्यक्रम पनि सञ्चालन गरिने बताइन् ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद सापकोटाले अपाङ्गता परिचयपत्र वितरण कार्यलाई निरन्तरता दिइने बताए । उनले सबै किसिमका विशेषता भएका नागरिकप्रति राज्यले अभिभावकको दायित्व निवाृह गर्नुपर्ने बताए ।
धनगढी उपमहानगरपालिकाले केही दिनअघि अपाङ्गता परिचयपत्र वितरण कार्यविधी, २०७५ पारित गरेको थियो । यसअघि महिला तथा बालबालिका कार्यालयबाट वितरण हुदै आएकोमा मुलुक संघीय संरचनामा गएसंगै अपाङ्ग परिचयपत्र वितरण तथा यस सम्वन्धी कानुन निर्माणको जिम्मेवारी स्थानीय सरकारलाई प्रदान गरिएको छ ।
सुदूरपश्चिमका अधिकांस स्थानीय तहले अपाङ्गता परिचयपत्र कार्यविधी निर्माण तथा अपाङ्ग परिचयपत्र समन्वय समिति गठन हुन नसक्दा अपाङ्गता परिचयपत्र वितरण कार्यमा ढिलाई भइरहेको नेपाल अपाङ्ग संघका केन्द्रिय सदस्य धर्मराज ओझाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार