१२ श्रावण २०८१, शनिबार

योजना तर्जुमाका लागि सुझाव संकलन



शैलेन्द्र रोकाया/बझाङ । आगामी आर्थिक वर्षको योजना तर्जुमाका शिलशिलामा बझाङको जयपृथ्वी नगरपालिकाले सुझाव संकलन गरेको छ । शुक्रबार नगरपालिकले आयोजना गरेको आगामी आर्थिक वर्ष २०७६/०७७ को योजना तर्जुमा सम्बन्धी सुझाव संकलन कार्यक्रममा आगामी वर्ष समावेश गरिने योजना तथा रणनीतिबारे सुझाव संकलन गरिएको थियो ।
कार्यक्रममा नगरपालिका प्रमुख वीरेन्द्र खड्काले जयपृथ्वी नगरलाई सुन्दर तथा समृद्धि बनाउन विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारबालाहरूसंग परामर्श गरिएको बताए । उनले भने– विभिन्न क्षेत्रबाट संकलित सुझावहरू नगरको योजना तर्जुमा गर्न तथा समृद्ध नगरका लागि आगामी रणनीति बनाउन सघाउ पुग्ने छ ।
नेपाली का“ग्रेसका नगर सभापति हिरेन्द्र छत्यालले नगरपालिकाले योजना तर्जुमामा सडक, यातायात, खानेपानी, स्वास्थ्य, लगायतका पक्षमा ध्यान दिनुपर्ने बताए ।
सुझाव संकलन कार्यक्रममा शिक्षक, राजनीतिककर्मी, जनप्रतिनिधी, पत्रकार, महिला, दलित प्रतिनिधि, व्यापारी, बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार