१२ श्रावण २०८१, शनिबार

न्यायिक समितिका लागि क्षमता विकास तालिम



धनगढी । धनगढी उपमहानगरपालिकाको महिला विकास शाखाको आयोजनामा शुक्रबार धनगढीमा “लैंगिक हिंसा निवारणका लागि न्यायिक समितिको क्षमता विकास” तालिम भएको छ ।
तालिमको शुक्रबार एक कार्यक्रमबीच उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले उद्घाटन गरिन् । सो अवसर उपप्रमुख नेपाली सामाजिक संरचनाका कारण अझैं पनि महिलामाथि विभेद तथा हिंसा कायमै रहेको चर्चा गरिन् ।
उपप्रमुख मिश्रले भनिन्– हाम्रो संविधानले महिलाका हकअधिकार सुनिश्चित गरेको छ । विशेष आरक्षणको व्यवस्था गरेको छ । तर, प्राप्त अधिकार उपयोग गर्नका लागि तपाईं हामी अग्रसर हुनु पर्दछ ।
उपप्रमुख मिश्रले धनगढी उपमहानगरपालिकाले लैंगिकमैत्री बजेट ल्याउने प्रतिवद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार