११ श्रावण २०८१, शुक्रबार

साल प्रजातीहरूका वीऊ संकलन सम्बन्धी अन्तक्र्रिया



धनगढी । साल प्रजातीहरूको वीऊ संकलन कार्यका लागि शुक्रबार सरोकारवालाहरूसंग अन्तक्र्रिया कार्यक्रम भएको छ ।
वन वातावरण श्रमिक संघ, नेपाल सुदूरपश्चिम प्रदेशको आयोजना र शिवालिक हर्वल प्रालिको प्रायोजनमा सो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका राज्यमन्त्री प्रकाश बहादुर रावलले खेर गइरहेको सालको विऊ व्यवस्थापन आवश्यक भएको बताए ।
‘सुदूरपश्चिम प्रदेशमा क्यामोमाइल, मेन्था प्रशोधनले धेरै किसानले फाइदा लिइरहेका छन्’ राज्यमन्त्री रावलले भने– सालको पात तथा वीऊ संकलन कार्यमा धेरैले रोजागारी पाउने छन् ।
उनले प्रदेश सरकारले सालको विऊ संकलन कार्यलाई नीति तथा कार्यक्रममा समावेश गरेर अघि बढ्ने बताए ।
श्रमिक संघका प्रदेश संयोजक डण्डीराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका क्षेत्रीय वन निर्देशक हेमराज विष्ट, डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेल, शिवालिक हर्वल प्रालिका अध्यक्ष कृष्णहरि महतो लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
वन वातावरण श्रमिक संघ नेपालकी केन्द्रीय सदस्य तुलसी देवकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन यादव प्रसाद जोशीले गरेका थिए ।
कार्यक्रममा कैलाली तथा कञ्चनपुरका सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार