११ श्रावण २०८१, शुक्रबार

छाेरीलार्इ जिउँदै जलाउने अामाबुवा पक्राउ



दार्चुला । दार्चुलामा आफनै छोरीलाइ जिउँदै जलाउने आमा बुबा पक्राउ परेको छन् ।

जिल्लाको व्यास गाउँपालिका वडा नम्बर ५ चुकपानी बस्ने एक दम्पत्तीले आफनै छोरीलाइ जिउ“दै जलाएको आरोप लागेको छ । बुबा २४ बर्षीय नबिन बिष्ट र आमा शिला बिष्टले १० महिनाकी छोरि अनुश्का बिष्टलाइ जिउ“दै जलाएको स्थानीयले बताएका छन् ।
बिष्ट दम्पत्तीले बिहिबार राती १० बजे घर बाट २०० मिटर टाढा रहेको सुकेको खरको थुप्रो भित्र राखेर बाहिरबाट आगो लगाइ छोरीलाइ मारेको प्रहरीले जनाएको छ ।
छोरीको हत्या गरेर भाग्ने क्रममा स्थानीय व्याक्तिहरुले दुबै जनालाइ नियन्त्रणमा लिएर प्रहरीलाइ खबर गरेका थिए । अहिले दुबैजनालाइ नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार