तीन जनाको मृत्यु
धनगढी । मोहन्याल गाउँपालिकाका एक युवकको कर्णाली नदीमा डुबेर बुधबार दिउसो मृत्यु भएको छ ।
मोहन्याल गाउँपालिका वडा नम्बर ७ खैरानीका २५ बर्षीय निर्मे शाहीको नुहाउन जा“दा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरी उपरीक्षक दक्ष कुमार बस्नेतले विहान करिव साढे ११ वजे नुहाउन गएका शाही डुवेको जनाए । स्थानियले खवर गरेपछि दिउँसो १ वजे उनको शव निकालिएको उनले बताए ।
यसैगरी, महाकाली नदीमा डुबेर बेपत्ता भएका भागेश्वर गाउ“पालिकाका सहायक लेखापाल डम्बर बहादुर पालको चार दिनपछि शव भेटिएको छ । महाकालीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका २५ वर्षीय पालको बुधबार शव फेला परेको जनाइएको छ ।
परशुराम नगरपालिका वडा नम्बर ५ परशुरामधामको तीन किलोमिटर माथि कल्पटेखानको पारी भारतीय क्षेत्रमा महाकाली किनारमामा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । भागेश्वर गाउ“पालिकाले नै आयोजना गरेको वनभोजमा सहभागी पाल महाकाली नदिमा नुहाने क्रममा वेपता भएका थिए ।
पालका आफन्तले शवको पुष्टि गरेको प्रहरी निरीक्षक पाण्डेयले बताए । उनले भारतीय सीमा सुरक्षा बल (एसएसबी) स“ग समन्वय गरेर शव नदिबाट निकाल्ने प्रयास भइरहेको उनले बताए ।
शनिबार गाउ“पालिका जनप्रतिनिधि र कर्मचारी भागेश्वर गाउ“पालिका वडा नम्बर १ रुपालस्थित महाकाली नदी किनारमा वनभोज खान गएका बेला नुहाउने क्रममा उनी बेपत्ता भएका थिए ।