१२ श्रावण २०८१, शनिबार

ग्रीनक्लीन धनगढी अभियान शुरु



धनगढी । धनगढी उपमहानगरपालिकाले बुधवारदेखि ग्रीन क्लीन धनगढी अभियान सुरु गरेको छ । उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले बुधबार एक कार्यक्रमबीच क्याम्पस चोकबाट सो अभियान आरम्भ गरे ।


अभियानका क्रममा उपमहानगरपालिकाले निजी तथा सरकारी भवनमा हरियो रंग लगाउन अनुरोध गरेको छ । त्यसैगरी हरियो रंगको जस्तापाता प्रयोग गर्न पनि अन्ुरोध गरिएको छ । धनगढी उपमहानगरपालिको अफिसियल रंग पनि हरियो भएकाले नगरमा निर्माण हुने नया“ भौतिक संरचनाहरुमा पनि हरियो रंग नै प्रयोग गर्ने नगर प्रमुख वडले बताए ।
उनले यो अभियान निरन्तर चलिरहने बताए । अभियानका क्रममा एक घर, दुई बिरुवा कार्यक्रमलाई अझ उपलब्धीमुलक ढंगले अघि बढाइने उनले बताए । धनगढी उपमहानगरपालिकाले गत वर्ष विभिन्न वडामा २० हजार लिची र आ“पका विरुवा वितरण गरेको थियो ।
उपमहानगरपालिकाले कम्तिमा दुईवटा फलफूलका बिरुवा रोपेका घरलाई मात्रै प्रमाणपत्र दिने ब्यबस्था गरेको छ ।
वडा नम्बर ८ का अध्यक्ष नारायणप्रसाद बरालले बिजया सिमेन्टको प्रायोजनमा वडा नम्बर ८ को क्याम्पस चोक क्षेत्रका निजी घरमा हरियो रंग लगाउन सुरु गरिएको बताए ।
धनगढीलाई सफा तथा सुन्दर बनाउन धनगढी उपमहानगरपालिका र कैलाली उद्योग बाणिज्य संघले हरेक १५ दिनमा धनगढी नगर सरसफाई अभियान सुरु गरेका छन् । यसका साथै अभियानलाई सफल पार्नका लागि यूवा स्वयंसेवकहरूलाई परिचालन गर्ने यूवा शान्ति परिषदका संयोजक प्रेम ढुंगानाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार