६ असार २०८१, बुधबार

मेयर कप फुटबल: वडा नम्बर १२ र वडा १९ क्वाटरफाइनलमा



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा जारी मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत अन्तिम आठमा पुग्ने टिमको टुंगो लागेको छ ।

प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा विजयी हु“दै वडा नम्बर १२ र वडा १९ क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।
बुधबारको पहिलो खेलमा वडा नम्बर १९ ले वडा नम्बर १८ लाई सून्यका विरुद्ध दुई गोलले हरायो । वडा नम्बर १९ का मनिष मगर र सुदिप बोहराले एक÷एक गोल गरेका थिए ।
त्यस्तै, दोस्रो खेलमा वडा नम्बर १२ ले वडा नम्बर ४ लाई टाईब्रेकरमा चार–दुईले पराजित ग¥यो । रोमाञ्चक खेल दुवै टिमको एकएक गोलको बराबरी सकिएपछि खेल पेनाल्टी ट्राइब्रेकमा गएको थियो ।
प्रतियोगिता अन्तर्गत आज बिहीबारदेखि क्वाटरफाइनलका खेल सञ्चालन हुने जनाइएको छ । आज बिहीबार वडा नम्बर ७ र वडा नम्बर १५ तथा वडा नम्बर १२ र वडा नम्बर १६ बीच खेल हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार