१० श्रावण २०८१, बिहीबार

स्थानीय पाठ्यक्रम निर्माण भएनन्



बैतडी । बैतडीका स्थानीय तहहरूले स्थानीय पाठ्क्रम निर्माण गर्न नसक्दा यहाका सामुदायिक बिद्यालयहरूलाई समस्या हुने गरेको छ । नेपाल सरकारले प्राथमिकतहमा (१–५) स्थानीय बिषयलाई अनिवार्य बिषयको रुपमा राखेपनि यहाका स्थानीय तहहरूले पाठ्क्रम निर्माण गर्न नसक्दा समस्या हुने गरेको हो ।
समग्र जिल्लाको भौगलकि पर्यावरण, धार्मीक तथा प्राकृती सम्पदाको पहिचान र परीभासित गरी पाठ्कक्रम निर्माण गर्नुपर्ने भए पनि यहाका सामुदायिक बिद्यालयहरूमा सो पाठ्यक्रम निर्माण गरी अध्यापन नगरीने गरेको सामुदायिक बिद्यालयहरूले जनाएका छन । समग्र एक बिद्यालयले स्थानीय पाठ्यक्रम निर्माण गर्न असम्भव भएकाले सम्बन्धित पालिकाहरूले एकआपसमा समन्वय गरी स्थानीय पाठ्यक्रम निर्माण गर्नुपर्ने जानकारहरूले बताएका छन । स्थानीयतहहरूले शिक्षाको क्षेत्रमा थुप्रै कार्यक्रमहरूको घोषणा गरेपनि अनिवार्यरुपमा रहेको स्थानीय पाठ्यक्रम निर्माण गर्न नसेको सरस्वती माबि पाटन १० का भुपु प्रद्यानाध्यापक कृष्ण प्रसाद भट्टले बताए ।
यसरी सथानिय पाठ्क्रम स्थापना नभएपछ सम्बन्धित बिद्यालयहरूले स्थानीय बिषयनै अध्यान अध्यापन गराउने गरेका छैनन । पाठ्क्रम निर्माण नहुदा शिक्षक तथा बिद्यार्थीहरूमा अन्योलता उत्पन्न भएको छ ।
पाठ्यक्रम नभएपछि यहाका सामुदायिक बिद्यालयहरूमा यसको बिकल्पमा अन्य बिषयहरू अध्यापन गराइने गरेको छ । स्थानीय बिषयको पढाइ गर्नुपर्ने समयमा ब्याकरण, दुनोट र अन्य बैकल्पीक समान्यज्ञान सम्बन्धी अध्यापन गराइने गरेको ज्ञानेश्वर माधमिक बिद्यालय पाटन ९ का शिक्षक धन बहादुर महराले जानकारी दिए ।
स्थानीय स्तरमा उपलब्ध श्रोत साधनसँग सम्बन्धित रहेर स्थानीय स्तरमा रहेको प्राकृतीक तथा धर्मीक स्थलको जानकारी स्थानीय पाठ्यक्रमा उपलब्ध गराउनुपर्छ । समग्र जिल्लाको गतिबिधी, रहनसहन तथा चालचलनलाई पछिल्लो पुस्तालाई जानकारी गराउनेको लागि स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गर्नुपर्ने भएपनि यहाका सामुदायिक बिद्यालयहरूमा लगु नभएको अर्का शिक्ष नरेन्द्र प्रसाद भट्टले बताए ।
स्थानीय तहमा निर्माण भएको शिक्षा समितीले स्थानीय स्तरमा उपलब्ध श्रोत साधनले स्थान पाउने गरी पाठ्क्रम निर्माण गर्नुपर्ने हुन्छ । यस पाठ्क्रममा यहा सुहाउदो परीवेस, भुगोल, प्राकृतीक श्रोत, धार्मीक तथा सास्कृतीक सम्पदा, रीतीसस्कृती, भेसभुषा, भुगोल र स्थानीय परीबेसलाई समेटेर पाठ्यक्रम निर्माण गर्नुपर्ने हुन्छ ।
यसरी यहाका स्थानीयतहहरूले अहिले सम्म शिक्षामा गुणस्तरीयता कायम गर्ने भने पनि आफ्नो जिम्मेवारी पुरा गर्न सकेका छैनन । जिल्लामा रहेका कुनैपनि सामुदायिक बिद्यालयहरूमा स्थानीय बिषयको बिकल्पमा अन्य बिषय अध्यापन गराउने गरेको छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार