१२ श्रावण २०८१, शनिबार

अाक्रमणको विराेधमा कैलालीका पत्रकार अान्दाेलित



धनगढी । पत्रकारमाथि श्रृङखलाबद्ध आक्रमण हुन थालेपछि कैलालीका पत्रकार आन्दोलित भएका छन् ।

आईतबार दिनेश खबरकर्मी जनक विष्टमाथि धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा प्रधानाध्यापकको कार्यकक्षमै प्रवेश गरी स्थानीय व्यापारीले कुटपिट गरेपछि पत्रकार आन्दोलित भएका हुन् । प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारले सोमबार दिउ“सो धनगढीमा प्रर्दशन गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा धर्ना समेत दिएका छन् । प्रेस माथिको आक्रमण बन्द गर, पत्रकार कुट्नेलाई कारवाही गर, प्रेस स्वतन्त्राताको ग्यारेन्टी गर, लगायतका नारा लेखिएका प्लेकार्ड सहित पत्रकाहरुले धनगढी पार्कमोडबाट सुरु भएको ¥याली जिल्ला प्रशासन कार्यालयमा पुगेर धर्नामा परिणत भएको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मीन वमको नेतृत्वमा विरोध कार्यक्रम गरिएको हो । केन्द्रीय सदस्य वमले प्रेसमाथि भएको आक्रमणले गर्दा काम गर्ने वातावरण नभएकाले बाध्य आन्दोलन गर्नुपरेको बताए । उनले पछिल्लो समय कैलालीमा पत्रकारमाथि एक पछि अर्को गर्दै शृङखलाबद्ध रुपमा आक्रमण हुनु प्रेस स्वतन्त्रतामाथिको दमन भएको जनाए ।
बमले पत्रकारमाथि श्रंखृलावद्ध आक्रमण भएकाले राज्यले सुरक्षाको ग्यारेण्टी गर्न पनि माग गरेका छन् ।
यस्तै नेपाल पत्रकार महासंघका नेपाल पत्रकार महासंघका पूर्व सुदूरपश्चिम प्रदेश संयोजक मनमोहन स्वार, पूर्व केन्द्रीय सदस्य दिल बहादुर छत्याल र पत्रकार महासंघ कैलालीका पूर्व अध्यक्ष दीर्घ उपाध्यायले पनि पत्रकारमाथिको आक्रमण निन्दीय भएको भन्दै राज्यले दोषीलाई उन्मुक्ति दिनु नहुने बताए ।
धर्नापछि कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले पत्रकारको सुरक्षाको लागि राज्य गम्भीर भएको बताए । उनले प्रेसमाथि आक्रमण गर्ने जोसुकै भएपनि कारवाहीको दायरा ल्याउने बताए ।
आईतबार त्रिनगर माध्यमिक विद्यालयको सटर भाडाको विषयमा रिर्पोटिङ गर्न गएका दिनेश एफएम÷खबरका सहायक सम्पादक समेत रहेका जनक विष्टलाई प्रअको कार्यकक्षमा प्रवेश गरी व्यापारी तेजेन्द्र थापाले दुव्र्यवहार गर्दै कुटपिट गरेका थिए । थापालाई कैलाली प्रहरीले आईतबार नै पक्राउ गरिसकेको थियो । अदालतबाट एक हप्ताको म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै सोमबारनै त्रिनगर उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक भुपालसिंह खडकाको उपस्थितिमा पत्रकारको टोलीले छलफल गरेको थियो । सो क्रममा प्रधानाध्यापक खडकाले घटनाको सत्य तथ्यसहितमा रहेर आफुहरुले काम गर्ने सञ्चारकर्मीसंग प्रतिक्रिया दिए । उनले भने –‘सटर भाडाको विषयमा समाचार संकलन गर्न आएका विष्टमाथि एक्कासी थापाले आक्रमण गर्नु खेदजनक घटना हो । यसमा हाम्रो पनि आपत्ति रहेको छ । प्रेस स्वतन्त्रता र घटनाको सत्य तथ्यका लागि हामी सहयोग गर्न तयार रहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार