१२ श्रावण २०८१, शनिबार

दलित जनप्रतिनिधि सञ्जाल गठन



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा दलित जनप्रतिनिधी सञ्जाल गठन गरिएको छ ।
शनिबार भएको एक भेलाले धनगढी वडा नम्बर ३ की दलित सदस्य राधा विकको संयोजकत्वमा २१ सदस्यीय सञ्जाल गठन गरिएको जनाइएको छ ।
सञ्जालको सहसंयोजकमा वडा नम्बर १८ का सदस्य गणेश विक र सदस्य सचिवमा वडा नम्बर १३ की सदस्य निता सुनार रहेकी छिन् ।
शनिबार धनगढी उपमहानगरपालिकाको सहयोगमा समावेशी आवाज मञ्च (साफ) नेपाल, कैलालीको आयोजनामा दलित सशक्तिकरणको सवाल र स्थानीय सरकारका सम्भावना, चुनौति र अवसर विषयक अन्र्तक्रिया कार्यक्रममार्फत सो सञ्जाल गठन गरिएको जनाइएको छ ।
सञ्जालले विशेषतः उपमहानगरपालिकाको वडा भेला, योजना छनौटमा दलितको हक अधिकार, कार्यक्रम लगायतलाई समावेश गराउन अभियान सञ्चालन गर्ने जनाएको छ ।
साफ नेपालका कैलाली अध्यक्ष सुरेश कर्णको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिकाका १९ वटै वडाका दलित सदस्य, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण तपेन्द्र भुषालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार