१२ श्रावण २०८१, शनिबार

२६ औं विश्व प्रेस स्वतन्त्रता दिवस



धनगढी । २६ औं विश्व प्रेस स्वतन्त्रता दिवस शुक्रबार देशभरी विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

प्रेस स्वतन्त्रता दिवसको अवसरमा ¥याली, अन्तरक्रिया, खाद्यान्न सहयोग, प्रभात फेरी, गोष्ठी लगायतका कार्यक्रम भएका छन् ।
दिवसको अवसरमा नेपाल पत्रकार महासंघ, कैलाली शाखाले अनाथ बालबालिकालाई सहयोग गरेको छ ।
पत्रकार महासंघ कैलाली शाखाले दिवसको अवसरमा धनगढी तारानगरस्थित आमाको माया छात्रावासमा अध्ययनरत विद्यार्थीहरूलाई स्टेसनरी र खाद्यान्न हस्तान्तरण गरेको छ ।
आमाबाबु तथा अभिभावक नभएका बालबालिकालाई लालनपालन तथा पढाइरहेको आमाको माया छात्रवासमा ३५ जना अनाथ तथा असहाय बालक रहेका छन् ।
महासंघले आमाको माया छात्रावासलाई चामल, दाल तथा कपी, पेन्सिल लगायतका सामग्री हस्तान्तरण गरे । सो अवसरमा महासंघ, कैलालीका अध्यक्ष जगत साउदले भने– थोरै भए पनि अनाथ बालबालिकालाई राहत होस् भनेर दिवसको अवसरमा सहयोग गरेका छौं ।
कार्यक्रममा ठूलो संख्यामा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार