३० जेष्ठ २०८१, बुधबार

दुर्घटनमा एकको मृत्यु तीन घाइते



धनगढी । कैलालीको गोदावरी नगरपालिका-७ हरैया चोकमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

सोमवार दिउसो पश्चिमवाट पुर्वतर्फ जादै गरेको से १ च १६९० नं को जिपले विपरित दिशावाट आइरहेको से ६ प ८०५२ नं को मोटसाईललाई टक्कर दिई पुन सोहि दिशा तर्फ गईरहेको साईकललाई टक्कर दिदा साईकल चलाइरहेका २० बर्षिय दिपेन्द्र चोखालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

साइकलमा सवार ९ बर्षिय अबिनाश चौधरी , जिप चालक र मोटरसाईकल चालक समान्य घाईते भएका छन् । दुर्घटनामा एक जनाको मृत्यु भएपछि मृतकका आफन्तहरुले अहिले पुर्व पश्चिम राजमार्ग बन्द गरेका छन् । बिच सडकमा टायर बालेर स्थानियहरुले २ घण्टादेखी चक्का जाम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार