७ बैशाख २०८२, आईतवार

बिवाईसि मेयर कप भाेलिदेखि



धनगढी । गोदावरी नगरपालीको अत्तरियामा हुने बिवाईसि मेयर कप फुटबल प्रतियोगिता २०७६ भाेलिदेखि शुरु हुने भएको छ ।

अत्तरियालाई फुटबलको सहर भनि देशव्यापी रुपमा परिचित गराउने उद्देश्यले वनदेवी युवा कल्वको आयोजनामा बैशाख १० गतेदेखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजकले सोमबार धनगढीमा पत्रकार सम्मेलन गरी जनाएको हो । प्रतियोगिताका उद्घाटन गोदावरी नगरपालीकाका मेयर हरिसिंह साउँदले गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको बिजेताले ३ लाख १ रुपैयाँ पुरस्कार पाउने छ भने तै उप विजेताले १ लाख ५० हजार १ रुपैयाँ सहित प्रमाण पत्र प्रदान गर्ने क्लवका सहसचिव रबिन्द्र बोहराले जनाए । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५ हजार पाउने छ भने उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाईकर, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई जनही १० ÷१० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने क्लबका अध्यक्ष शुसन जोशीले जनाए । प्रतियोगिताको म्यान अफ द म्याचलाई ३ हजार प्रदान गर्ने जनाएको छ । प्रतियोगितामा २० लाख भन्दा बडी खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार