१२ श्रावण २०८१, शनिबार

उपभोक्ता हित संरक्षण मञ्चको टीकापुरमा नगर समिति गठन



टीकापुर । उपभोक्ता हित संरक्षण मञ्चको टीकापुरमा नगर समिति गठन भएको छ । आइतबार उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपाध्यक्ष धनपति ढुंगेलले समितिको गठन गरेको हो ।
टीकापुर नगर समितिको अध्यक्षमा एकिन्द्र तिमिल्सिना, उपाध्यक्ष पे्रमप्रसाद भट्टराई, सचिव शेरबहादुर विष्ट, कोषाध्यक्ष यशोदा भण्डारी र सदस्यमा रामलाल डगौरा चयन भएका छन ।
केन्द्रीय उपाध्यक्ष ढुंगेलले स्वच्छ बजार र उपभोक्ता अधिकारको संरक्षणको लागि नया समितिले महत्वपूर्ण सहयोग पुग्ने बताए । भ्रष्टाचार विरुद्धको नागरिक अभियानका संरक्षक भीमराम चपाईले देशमा देखिएको भ्रष्टाचारको भयावह अवस्था कैलालीका स्थानीय तहसम्म पुगीसकेको र जेठ १५ मै बजेट आउदा पनि असारे विकास नरोकिएको अवस्थामा उपभोक्ताहरु जागरुक हुनुपर्ने बताए ।
टीकापुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव भैरव रावलले टीकापुरमा उपभोक्ता अधिकारका लागि सक्रीय भएर काम गर्ने संस्थाको आवश्यकता रहेको औल्याउदै अध्याधिक मूल्य, कालोबजारी र म्याद नाघेका बस्तुहरु समेत पूनः प्याकिंग गरेर बेच्ने कार्य समेत भैरहेकोमा आवाज उठाउनु पर्ने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार