१२ श्रावण २०८१, शनिबार

एजेण्डा नहुँदा संसद बैठक स्थगित



धनगढी । एजेण्डा नभएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक बैशाख ८ गतेसम्मका लागि स्थगित भएको छ ।


बिहीबार दिउँसो ३ बजे बस्ने भनिएको प्रदेश सभाको बैठक आइतबार दिउँसो २ बजे बस्ने गरी स्थगित गरिएको हो । प्रदेश सभा सचिवालयले एजेन्डा नभएपछि प्रदेश सभाको बैठक स्थगित भएको जनाएको छ ।
गत मंलवार प्रदेश सभा बैठकले ‘प्रदेश सभा सचिव र सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ र ‘प्रदेश सभा नियमावली २०७४ को संशोधन मस्यौदा समितिको प्रतिवेदन सहितको नियमावलीको मस्यौंदा’लाई सरकारसंग थप छलफल गर्नका लागि पुनः समितिमा पठाएको थियो ।
बिहीबारसम्म विधेयक र मस्यौदामा छलफल पुरा नभएपछि बैठक स्थगित भएको सचिवालयमा निमित्त सचिव तेजप्रकाश जोशीले बताए । बिहिबार नेकपा संसदीय दलको बैठक भएकाले सो प्रदेश मामिला तथा विधायन समितिले विधेयक र मस्यौदा समितिले संशोधन समितिले मस्यौदामाथि छलफल गर्न भ्याएन ।
अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा रहेको स्वरोजगार कोष सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको छलफल पनि पुरा नभएकाले बैठक स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार