११ श्रावण २०८१, शुक्रबार

कर्णालीमा बगेका तीन जनाको शब फेला



धनगढी । कर्णाली नदिमा वेपत्ता भएका तीन जनाको मंगलबार शव फेला परेको छ । कर्णाली नदीको भंगालो गेरुवामा आइतबार पौडी खेल्ने क्रममा वेपत्ता भएका तीन जनाको शव मंगलबार फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नयाँ वर्षमा घुम्न गएका कैलाली लम्कीका १९ वर्षीय प्रज्ज्वल कोइराला र बाँके कोहलपुरका १९ वर्षीय दिपेन्द्र कार्की गेरुवामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
त्यस्तै, तीन दिनअघि नया वर्ष मनाउन घरबाट निस्केका राजापुर नगरपालिका वडा नम्बर १० का ५५ वर्षीय ठगु चौधरीको पनि शव फेला परेको छ ।
उद्दारमा संलग्न सशस्त्र प्रहरीका एसपी कृष्ण कोइरालाले काठमाडौ र कुरिनटारबाट आएका गोताखोरले तीनैजनाको शव फेला पारेको बताए ।
प्रहरीका अनुसार नदीमा छ जना पौडी खेलिरहेका थिए । कोहलपुरका राजेन्द्र शाही, दाङ घर भई कोहलपुर बस्दै आएका देबेन्द्र थापा, कोहलपुरका दिनेश थारु र बर्दिया मानपुरटपराका अनुप केसी पौडी खेलेर ज्यान जोगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार