१२ श्रावण २०८१, शनिबार

वडा नम्बर १३ आफनै कार्यालय भवनमा



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ को आफनै कार्यालय भवन उद्घाटन गरिएको छ ।
मंगलबार एक समारोहका बिच धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले भवनको उद्घाटन गरेका हुन् ।
भवनको उद्घाटन गर्दै नगर प्रमुख वडले यो सम्पत्ति यसै वडाका जनताको भएको र यसको संरक्षण र सम्बद्र्धन गर्न तपाइहरुको कर्तव्य रहेको बताए ।यस क्षेत्रको विकास र समृद्धिका लागि नगरपालिका लागि रहेको बताउँदै वडले भने जनप्रतिनिधीलाई सुझाव र सहयोग गर्नुहोस् । विकास र समृद्धि ल्याउन धेरै समय लाग्दैन् । हामी सिक्दै छु । पूर्ण छैनौं तपाइहरुको साथ र सुझाव भएन भने सोच अनुसारको विकास निर्माण गर्न सकिदैन् ।
नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाले यसै वडामा तीन सय व्यक्ति अट्न सक्ने मिटिङ हल निर्माण गर्ने योजना रहेको वडले जानकारी दिए ।उद्घाटन कार्यक्रममा वडा कार्यालय स्थापनाका लागि तीन कठ्ठा भुमी दान दिएका सनातन हिन्दु धर्म शिक्षा समितिका अध्यक्ष कृष्णानन्द गिरी र संयोजक अमृता गिरीलाई दोसल्ला र प्रमाणपत्र ओढाएर नगर प्रमुख वडले सम्मान गरेका थिए ।
त्यसैगरी केपी निर्माण सेवाका प्रोपराइटर लोकराज पाण्डेयले समयमै वडा कार्यालयको भवन निर्माण गरेको भन्दै उपप्रमुख शुशिला मिश्र भट्टले दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् ।
वडा नम्बर १३ का वडा सदस्य हिरालाल रानाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने वडा नम्बर १३ का वडा अध्यक्ष विजयराज जोशीले समापन गरेका थिए ।
समापन गर्दै वडा अध्यक्ष जोशीले आजबाट आफनै भवनमा जनताको सेवा गर्न पाउँदा निकै खुशी भएको बताए । भाडाको घरमा जनताको सेवा गर्न कठिन रहेको बताउँदै उनले अव सजिलो हुने बताए ।
भवनको वडा अध्यक्ष कार्यकक्ष, वडा सचिव, वडा समिति सचिवालय, प्रशासन शाखा, प्राविधिक तथा वातावरण शाखा, जिन्सी, सोधपुछ, सूचना तथा प्राविधिक शाखा र स्टोर गरी आठ कोठासंगै पुरुष, महिला र कर्मचारी शौचालयको पनि व्यवस्था रहेको नेपाली काँग्रेसका युवा नेता विनोद पन्तले जानकारी दिए ।भ्याटबाहेक ३४ प्रतिशत घटी ७८ लाख १५ हजार ६ सय १७ रुपैया ७४ पैसा र भ्याट १० लाख २६ हजार चार सय ३० रुपैया १७ पैसा गरी ८९ लाख २२ हजार ७४ रुपैया ९१ पैसा भवन निर्माणमा भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार