२ असार २०८१, शनिबार

कंकालको पहिचान भयो



धनगढी । कैलालीको भासु भिरमा भेटिएको मानव कंकालकाे पहिचान भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बहादुर बस्नेतका अनुसार बिहिबार भासुभिरमा भेटिएकाे कंकाल बैतडीको डिलासैनी गाउँपालिका–७, धामीगाउँका २३ वर्षीय मुकेश धामीको भएको जनाए ।

साेमबार मृतकका बुवा मोहनसिंह धामीले सनाखत गरेको बस्नेतले बताए । गत बिहीबार स्थानीयले मानवको कङ्काल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार