१२ श्रावण २०८१, शनिबार

तीन तहका सरकारको तालमेल मिल्न नसक्दा विकास भए्रन: वड



टंक कुँवर/धनगढी । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपवहादुर वडले तीन तहका सरकारको तालमेल मिल्न नसकेकाले जनताको अपेक्षा अनुसारको काम हुन नसकेको वताएका छन् ।

हिमाली टोल विकास संस्थाले आज वडा नं. १३ मा आयोजना गरेको नववर्ष २०७६ को शुभकामना आदानप्रदान कायक्रममा उनले सो कुरा वताएका हुन् । उनले तीन तहका सरकारका तीनतिर मुख फर्काएको हुनाले विकास निर्माणमा अवरोध सिर्जना भएको वताए ।
प्रदेश सरकारले कानुन निर्माण गरी स्थानीय सरकारलाई हस्तान्तरण गर्ना साथ अव्यवस्थित वसोवासलाई व्यवस्थापन र प्रति जग्गालाई नम्वरी वनउने कामलाई निरनतरता दिन आफु पछि नपर्ने वतउदै नगरप्रमुख वडले भने, ‘नगरका जनताका हरेक समस्या समाधान गर्न कुनै कठिनाई हुन्न ।’
वडा नं. १३ र हिमाली टोलको विकासका लागि आफू कटिबद्ध भएर लागेको बताउँदै नगरप्रमुख वडले भने, ‘तपाइँहरुको माग अनुसारका थ्रि फेज लाईन जडान, बाटो निर्माण, मिटिङ हल निर्माण, सुद्ध खानेपानी ट्यांकी निर्माण, स्वास्थ्य भवन निर्माण, १०० केभिको ट्रान्समिटर जडान गर्ने काम चाँडै सम्पन्न हुन्छ ।’


उनले हिमाली टोलबासीले चाहे भन्दा बढि विकासको कामलाई प्राथमिकता दिएर अघि बढ्ने बताए । उनले यो टोलको एकता सद्भाव सदैब रहिरहोस् भन्दै नव वर्ष २०७६ को शुभाकामना समेत व्यक्त गरेका थिए ।
त्यसैगरी, वडा नं. १३ का वडा अध्यक्ष विजयराज जोशीले नव वर्ष २०७६ को शुभकामना दिदै हिमाली टोलको विकासका लागि आफू पछि नपर्ने बताए । हिमाली टोलको एकता नै समृद्धिको आधार भएको बताउँदै अध्यक्ष जोशीले विकास निर्माणमा पनि यसैगरी एकताका साथ अघि बढ्न समेत अनुरोध गरे ।
नेपाली कांग्रेसका नेता हरिश खड्का, समाजसेवी तारानाथ ओझा, शिक्षा पे्रमी एवं समाजसेवी खडक राना, हिमाली टोल विकास संस्थाका सदस्य एवं समाजसेवी प्रेमबहादुर ठकुल्ला, नेपाली कांग्रेसका युवा नेता विनोद पन्त, आदर्श युवा क्लबका अध्यक्ष कुलबहादुर वोगटी, जिवन खड्कालगायतले हिमाली टोलबासीको एकता सद्भाव सदैव कायम भइराखोस् भन्दै नव वर्ष २०७६ को शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार