११ श्रावण २०८१, शुक्रबार

सरकारराज्यको ढुकुटी दुरुपयोग गर्देछ: देउवा



धनगढी । नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवा बर्तामान सरकारले राज्यको ढुकुटी दुरुपयोग गरिरहेको आरोप लगाएकी छन् । शुक्रबार फुलबारीमा वडा भेला सम्मेलन तथा कृयाशिल सदस्यता बितरण गर्ने क्रममा उनले त्यस्तो बताएकी हुन् ।

सुुदूरपश्चिम प्रदेश सरकारले उपभोक्ता समितिका नाममा कार्यकर्तामुखी योजना दिदै करोडौ बडीरहेको डा. देउवाको आरोप छ । आफ्ना कार्यकतालाई योजना दिलाउन प्रदेशका मन्त्री सम्मले लबिङ्ग गरिरहेका छन् उनले भनिन् । सरकारका हरेक गतिबिधीलाई जनताले खबरदारी गर्नु जुरुरी भएकोले सबै सरकारका हरेक कामलाई अनुगमन गर्नु समेत जनतालाई आग्रह गरिन् ।
चुनावका बेला ठुलाठुला बिकास गर्छु भन्दै भाषण गर्दै हिड्ने नेता कता गए प्रश्न गर्दे नेतृ देउवाले जनताका पक्षमा काम गर्न समेत आग्रह गरिन् । शुक्रबार धनगढी उपमहानगरपालिकाको १४, १८ र १९ वडामा छुट्टाछुट्टै कार्यक्रम गर्दै वडा भेला सम्पन्न भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार