११ श्रावण २०८१, शुक्रबार

अवैध गोलिया बरामद



धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका तथा बदैगोरियामा अवैध सालको गोलिया बरामद भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर १० पथरिया सामुदायिक बनबाट साईकल सहित पा“च गोलिया र बर्दगोरिया गाउपालिकामा दुई गोलिया काठ बरामद भएको जनाइएको छ ।
लम्कीचुहा नगरपालिका वडा नम्बर १० मा रहेको पथरिया सामुदायिक वनबाट अवैध रुपमा साईकलमा बोकेर ल्याउदै गरेको गोलिया काठ बरामद गरिएको रामपुर सबडिभिजन कार्यालय बौनियाका जमदार प्रकाश जोशीले जानकारी दिए । अवैध रुपमा काठ ओसार्दै गरेका व्यक्ति भने भागेको उनले बताए ।
त्यस्तै बर्दगोरिया गाउपालिका वडा नम्बर २, बौनियामा घरमा लुकाएर राखेको अवस्थामा दुई गोलिया काठ सहित सीताराम चौधरीलाई पक्राउ गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार